नेपाली यूवा र इकमर्स बिजनेश
–अनुज कुलुङ
आजका यूवाहरु निकै जागरुक छन् । त्यो पनि नेपालमा । पछिल्लो समयमा नेपालमा यूवाहरुलाई उचित रोजगारीको अभावले पिरोलिरहेको अवस्थामा आफुलाई सक्षम र आर्थिक रुपले निपुण हुनका लागि आफ्नो ठाउँबाट धेरैले प्रभावकारी कामहरु गर्ने प्रयाश जारी छ । कतिले गाउँमै बसेर कृषि गरिरहेको नि पाइन्छ भने कतिले जडिबुटी सम्बन्धि खेतीपाती गरेर आर्थिक रुपमा गति लिइरहेको पाइएको छ । पछिल्लो समय प्रबिधिको उच्च बिकासले गर्दा कतिपय यूवा प्रबिधिको काम तिर पनि धेरै सफल भएको देखिन्छ ।
नेपालमा साइबर कानुनको अभाव हुँदा हुँदै पनि यहाँका यूवाहरु अवसरको लागि प्राबिधिक क्षेत्रमा धेरै कामहरु गर्दै आइरहेका छन् । जस्तो कि अनलाइन बिजनेश, इकमर्स पोर्टल बिजनेश जस्ता कामहरु आजका लागि नेपालमा नयाँ भएता पनि बिदेशतिरको लागि यो कुनै नयाँ काम भने होइन । बिदेशमा जति ब्यक्तिहरु यसमा सबल र सक्षम हुन्छन् उत्ति नै त्यहाँको प्रबिधिको नयाँ नयाँ उपकरणहरु पनि बिकसीत हुँदै छ । जस्तो कि फेसबुक एउटा पछिल्लो उदाहरण हो । त्यसको प्रभाव नेपालमा पनि छ । आजका नेपाली यूवाहरु प्नि प्रबिधिको बिषयलाई लिएर धेरै नयाँ नयाँ कामहरु गर्दै आइरहेका छन् ।
देश बिकास हुनलाई पहिलो कुरा राजनीतिक अवस्था सहज हुन जरुरी छ । जब राजनीतिक सन्तुलन सहज हुन्छ तब देशले फड्को मार्न कुनै समयावधी कुरिरहनु जरुरी छैन । हाम्रो देशको बिडम्बना के छ भने देशमा राजनीतिक असन्तुलन भइरहन्छ । प्रभावकारी र बिश्वाशिलो नेताहरुको अभावले गर्दा देशका सबै यूवाहरु बिदेश पलायन भइरहेका हुन् । आज देशको अर्थतन्त्र खाडी मुलुकमा पसिना बगाएका यूवाहरुले मात्र धानिरहेका छन् । यति हुँदा हुदै पनि पछिल्लो समय केहि यूवाहरु स्वदेशमै बैकल्पिक स्वरोजगारका कुराहरु अपनाइरहेका पनि छन् । देशका घण्टौ लोडसेडिङका बाबजुद पनि देशमा अधिकांश यूवाहरु प्रबिधिलाई हातमा लिएर काम गर्न तत्पर देखिन्छन् ।
रायन एहेम २१ बर्षका एक यूवा हुन् । उनि हाल काँठमाण्डुमा रहेर पछिल्लो समय सर्च इन्जिन सम्बन्धि काम आफ्नो घरबाट गर्छन् । उनिसंग करिब ७ जना प्रोजेक्टमा काम गर्ने टिम पनि छ । उनिहरु सबै काम आफ्नै घरबाटै मिलेर गर्छन् । बिदेशको फ्रिल्यान्सर वेब पोर्टलहरुमा आफ्नो सीपको प्रस्तावना पत्र पेश गरी बिदेशी ब्यक्तिहरुको काम नेपालबाटै गर्छन् । भेटका क्रममा म रायनलाई सोध्ने गर्छु “भाई एउटा प्रोजेक्टमा बजेट चाहि कतिको पठाउँछ ?” कालो बर्णको उनको मुस्कान दिएर मलाई बताउछ “दाई प्रोजेक्टको समय हेरी हेरी हुन्छ । त्यस्तै कम्तीमा पन्ध्र सय डलर देखि तिन हजार डलरसम्मको बजेटमा हामी काम गरिरहेका छौ ।”
रातको समयमा पनि उनीहरु मेहनतसाथ काम गर्छन् । उनीहरु दैनिक रुपले आफ्नो क्लाइन्टसंग सम्पर्कमा रहिरहन्छन् । सहज रुपमा सम्पर्क हुनासाथ उनीहरुले खोजेबमोजिमको काम पनि गर्न सक्छन् । जति राम्रो काम गरिदियो उति नै काम पठाइरहने बताउछन् रायन ।
यसमा काम गर्दा चाहिने मुख्य कुरा के हो त ? भन्ने प्रश्नमा रायन बताउछ “मुख्य कुरा इमान्दारी हो । इमान्दारी पुर्बक काम गरेर क्लाइन्टको मन जित्न सक्नुपर्छ । उनीहरुलाई सन्तुष्ट र खुशी पार्न सके अर्को पटक पनि काम पठाइदिन्छन् । नभए हामीलाई अरुबाट रिकुमेन्ड गरेर पनि काम पठाइदिन्छन् ।”
कुनै समयमा म मा पनि यो बिषयको तालिम लिन अत्यन्त रुचि थियो । तर एकतिर समयको पावन्दीले गर्दा सिक्न सकिएन । यसको तालिम दिने उचित ठाउँ पनि नेपालमा कहि कतै छैन । सिक्ने हो भने उहि इन्टरनेटको पेड कोर्ष या इबुकको गहन अध्ययन नै मुख्य श्रोत हो । तर पछिल्लो समय रायन एहेम ले यो बिषयसंग सम्बन्धित तालिम पनि दिने गरेर उनले आफ्नै कम्पनी रायन टेक प्राली खोलेका छन् । कोर्ष पुरा गर्न कमसेकम ३ महिना लाग्ने बताउछन् र यसको तालिम शुल्क ३५ हजार राखेका छन् । यसरी उनले अरुलाई तालिम दिएर पनि रोजगारी दिलाउने काम गरिरहेका २१ बर्षे नेपाली यूवाको कहानी सुन्दा नि उदेक नै लाग्छ । बिदेशको पैसा नेपालमै गज्जबले कमाउन सक्ने यूवाहरु अब नेपालमा पनि फस्टाउदै जानु भनेको नेपालीहरुको निम्ती एकदमै राम्रो संकेत हो ।
यसको संरक्षण र सम्बर्धन नेपाल सरकारले पनि केहि गरिदिने हो भने यूवाहरुलाई रोजगारी दिन अत्यन्तै सहज बाटो बन्छ । यसले राम्रो आम्दानी दिन सक्छ । आजको डिजिटल जमानामा डिजिटल पेमेन्ट सिस्टमहरु नेपालमा भित्रिरहेको अवस्थामा अब यो पेमेन्ट सिस्टमलाई अन्तराष्टिय स्तरमा नेपालको ब्यक्तिहरुले पनि फैलाउन सकोस् । यो हाम्रो दृढ चाहाना हो ।
अनलाइन बिजनेश, इकमर्स जस्ता कार्यक्रमहरुको बिषयमा नेपालमा बेला बखत समाचार आइरहेकै हुन्छ । तर त्योसम्बन्धि यूवाहरुको ध्यानाकर्षण गए पनि सरकारको ध्यानाकर्षण भएको देखिदैन । उचित राजनीतिक अस्थिरतालाई टुंगो लगाएर देशमै बैकल्पिक सम्भावनाहरुलाई खोज्ने हो भने अधिक भेटिन्छन् । पछिल्लो समय पोखराका यूवाहरुद्धारा स्थापित हाम्रो संस्था इन्टरनेट बिजनेश इन नेपाल(आइबिएन) टिमले पछिल्लो समय अनलाइन होम बिजनेशको समयमा ब्यापक प्रचार प्रसार गर्दै ल्याइरहेका छन् । यूवाहरुलाई वेबसाइट भिजिट मात्रै पनि पैसा कमाउन सक्छ भन्ने मुख्य हेतुले आइबिएन टिमले रु.१५ को टिकटमार्फत पोखराबासी बेरोजगार यूवाहरुलाई अनलाइन बिजनेशको बिषयमा जानकारी एबम काम गर्ने तरिका सिकाइरहेको छ भन्दै आइबिएनका सिओओ सञ्जीब शाहले जानकारी दिए ।
यसरी हेर्दा नेपालमा आउटसोर्सको अधिक सम्भावना देखिन्छ । अबको पुस्ता परिबर्तनशील छ । अबको यूवा डिजिटल जमानामा होमिनुपर्ने बाध्यता देखिन्छ । हरेक दृष्टिकोणमा हेर्दा पनि प्रबिधिले नेपालमा सबल र सक्षम अनि सुन्दर बनाउनेमा दुइमत छैन । नेपालको जस्तो पर्यटन देशलाई अन्य देशले पनि सहज तरिकाले चिन्नको लागि प्रबिधि फस्टाउन जरुरी छ ।
लोडसेडिङको अन्त्य हुन जरुरी छ । यो अन्त्य हुनेबित्तिकै नेपालमा प्रबिधिले छोटो समयमा फड्को मार्नेछ । हरेक यूवाहरुले प्रबिधिमा स्वतन्त्र पुर्बक काम पाउने छ । मुन्छा डट कम, इसेवा डट कम, ठमेल डट कम जस्तो वेब पोर्टलहरुले नेपाली यूवाप्रति एउटा बेग्लै आकर्षणको केन्द्रबिन्दु निमार्ण गरिदिएको छ ।
कुरा यति हो, हाम्रा आजका यूवा नेताहरु पनि प्रबिधिजस्तै बिकासमा परिबर्तन भइदिओस् । देशमा नयाँ प्रबिधिलाई चासोपुर्बक प्राथमिकता दिएर यूवाहरुलाई रोजगारीको बाटो खोलिदेओस् । म जस्तो यूवाहरुको भरपुर आशा यहि छ ।